नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् ।

0Shares

कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजय

थाङ्मीचागु डटकम सम्बादाता
२०८१ वैशाख २९ गते
२९ वैशाख, बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् ।

पार्टीको १०औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

खनालले २७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले २५३ मत प्राप्त गरेका छन् । खनाल अघिल्लो अधिवेशनमा शर्मासँगै पराजित भएका थिए ।

उपाध्यक्षमा भेषराज पाण्डेलाई पराजित गरी शंकर पाण्डे विजयी भएका छन् । शंकरले ३१२ मत ल्याउँदा भेषराजले २०१ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरी सचिवमा सीबी गहतराज ३०४ मतका साथ विजयी हुंदा प्रतिस्पर्धी विश्व काकीर्ले २१२ मत ल्याए । अघिल्लो अधिवेशनमा पनि गहतराजले कार्कीलाई पराजित गरेका थिए ।

उपसचिवमा सुशिला दर्लामी र देवीबहादुर पोखरेल विजयी भएका पार्टीका केन्द्रीय निर्वाचन समिति सदस्य डा. हरि भण्डारीले बताए ।

मतदानमा ५५३ मत खसेको थियो । अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

कपिलवस्तु नेकपा एमाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *