नेपाल र कतारबीच विभिन्न आठ विषयमा समझदारी तथा सम्झौता भएको छ ।।।

0Shares

नेपाल र कतारबीच विभिन्न आठ विषयमा समझदारी तथा सम्झौता भएको छ ।।।

थाङ्मीचागु डटकम सम्बादाता
२०८१ बैशाख १२ |
काठमाडौं, वैशाख १२ । नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि लगानी र सहकार्यसँग सम्बन्धित विभिन्न आठ विषयमा समझदारी तथा सम्झौता भएको हो । 

नेपाल र कतारबीच सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्यलगायत छ वटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । २ वटा सम्झौतापत्रमा भने निजी क्षेत्रबाट हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *