राजदेवी मेलासँगै कुस्ती शुरू ।।।

0Shares

राजदेवी मेलासँगै कुस्ती शुरू ।।।

थाङ्मी चागु डट कम संवाददाता

विनोद मण्डल, फाल्गुन ११ । सिरहाको धनगढीमाई ५ स्थित राजदेवी सातसती दुदहा भवडी मेलासँगै औपचारिक रूपमा कुस्ती शुरू भएको छ ।

मेला समितिका अध्यक्ष उमेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सविधानसभा सदस्य तथा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, विशिष्ट अथिती धनगढीमाईका उपमेयर संगिता कुमारी चौधरी, वाडा नम्बर ५ का वाडा अध्यक्ष रामजतन कामैत, विशिष्ट अथिती वाडा नम्बर १४ का वाडा अध्यक्ष अमित ठकुरी अतिथिहरु स्वास्थ्य साखा प्रमुख विशेश्वर प्रसाद यादव , ईलाका प्रहरी कार्यालय धनगढीका प्रतिनिधि , शस्त्र प्रहरी बल सुखीपुरका प्रतिनिधि ,पत्रकार सम्भु प्रसाद चौधरी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कुस्तिको सुरुवात भएको हो ।

खुला चौरमा बनाईएको अग्लो अखडाहामा सभापति रामचन्द्र यादवले दिनको २ बजेर ३९ मिनेटमा रिबन काटेर कुस्तीको उद्दघाटन गर्नु भएको थियो ।

स्थानिय राम निर्दोषीको उद्घोषणमा संचालित कुस्ती खेलको शुरुवातमा देबी वन्दना बाजाका तालमा बजाईएको थियो ।

हजारौंको संख्यामा आम दर्शकको सहभागितामा आयोजित कार्यक्रममा स्थानियलाई सभापति रामचन्द्र यादवले सिटी हस्तान्तरण गरेर खेलको शुरुवात गराउनु भएको थियो ।
अत्यन्त रोमाञ्चक बनेको खेलमा उप-मेयर संगिता कुमारी चौधरीले खेलाडीलाई हात मिलाएर खेलको शुरुवात गराउनु भएको थियो ।

छोटो समयको पालो प्रदान गरिएको खेलाडीलाई वाडा नम्बर ५ का वाडा अध्यक्ष राम जतन कामैतले समेत हात मिलाएर खेलको शुरुवात गराउनु भएको थियो ।

राजदेवी मेलाको रूपमा परिचित यस मेलामा कलश यात्रा गरी विधिवत रूपमा मेलाको उद्दघाटन भएपछि २४ घण्टे अस्टजाम कार्यक्रम समेत आयोजना गरिएको थियो ।

मेलामा सास्कृतिक नाच लगाएत विभिन्न आकर्षक स्टेजहरु निर्माण गरिएको छ भने अर्कोतिर मेलामा व्यापक रूपमा स्वयम् सेवक र सुरुक्षा व्यवस्था मिलाइएको छ ।

मेलामा नियमित आगन्तुकलाई भोजनको समेत व्यबस्था गरिएको छ ।

करिब ११ वर्षदेखि नियमित रूपमा राजदेवी मेला लाग्दै आएको सभापति रामचन्द्र यादवले बताउनु भएको छ ।

फाल्गुन १२ गतेसम्म सञ्चालन हुने यस मेलामा बिहान राजदेवीको विशेष पूजाआजा गरी विधिवत रूपमा मेलाको समापन गरिने आयोजक समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *