छैठौं हिमालयन गोल्डकप २०२४ को खेल तालिका सार्बजनिक भएकोछ !!!

0Shares

थाङ्मीचागु डटकम सम्बादाता

२०८० माघ २१ आइतबार ४:२०

मलेसिया / छैठौं हिमालयन गोल्डकप २०२४ को खेल तालिका प्रकाशन भएकोछ । हिमालयन फुटबल क्लबको आधिकारीक फेसबुक पेज मार्फत फेब्रुअरी ४ तारीख गरको हो ।

छैठौं सस्करणमा २६ टिमले प्रतिस्पर्धा गर्ने भएकोछ । फेब्रुअरी १०/११/१२ तारीख संचालन हुने खेलको उद्घाटन खेल नेपाली दुतावास मलेसिया र गोर्खा फुटबल क्लब मलेसियाका लोकल नेपाली सम्मिलित टिम बिच हुने हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले जानकारी गराए ।

गोल्ड कपमा “समूह ए” मा हिमालयन फुटबल क्लब ए, गोर्खा फुटबल क्लब पोर्टक्लाङ, मलका फुटबल क्लब, दर्शन नमस्ते फुटबल क्लब, नेपाल फुटबल क्लब, आरएसपी फुटबल क्लब, बतरा फुटबल क्लब, एसवाईसी फुटबल क्लब, मकालु भान्सा घर फुटबल क्लब, सुवाङजया फुटबल क्लब, मेचीमहाकाली फुटबल क्लब, पेनाङ फुटबल क्लब र आरटी फुटबल क्लब बी रहेकाछन ।

यस्तै “समूह बि” मा आरटी फुटबल क्लब ए, सर्लाही फुटबल क्लब, पेनाङ सिटी फुटबल क्लब, फोर्थ युउथ फुटबल क्लब, केलाङ ११ फुटबल क्लब, गोल्डेन फुटबल क्लब, बिजेवाई फुटबल क्लब, हिमालयन फुटबल क्लब बी, एमएफई फुटबल क्लब, बिएम फुटबल क्लब, गरोर्खाली फुटबल क्लब रावाङ, जिबी युनाइटेड फुटबल क्लबर एमएम फुटबल क्लब रहेकाछन ।

यस गोल्डकपको च्याम्पियनले ३५ हजार रिंगेट नगद, ट्रफी र मेडल पाउनेछ भने रनरअपले १५ हजार रिंगेट नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले ५ सय रिंगेट नगद पुरस्कार पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *