खेल जगतमा उदाए धनगढीमामाई १४ , वाडा अध्यक्ष अमित ठकुरीको व्यानर प्रदर्शन ।।।

0Shares

खेल जगतमा उदाए धनगढीमामाई १४ , वाडा अध्यक्ष अमित ठकुरीको व्यानर प्रदर्शन ।।।

थाङ्मीचागु डट कम संवाददाता विनोद मण्डल २०८०माघ १८ २२:२०

सिराहा सर्वाधिक चर्चाको रूपमा परिचित धनगढीमाई(सिराहा) १४ का वाडा अध्यक्ष अमित ठकुरीको साथ निरन्तर खेलाडीहरुलाई प्राप्त भएपछि प्रोत्साहित खेलाडीहरुको दमदार प्रस्तुतिले वाडा नम्बर ४ को रामजानकी खेल मैदानमा जारी फुटबल प्रतियोगितामा आफ्ना सुन्दर प्रसूति गर्दै धनगढीमाई १४ का फूटबल टीम फाईन खेल जित्न सफल भएका छन ।

अत्यन्त रोमाञ्चक बनेको फुटबल प्रतियोगितामा वाडा नम्बर १४ का टीम विजय बनेका हुन ।

स्मरण रहोस्, रामजानकी खेल मैदानमा पहिलोपटक धनगढीमाई ४ र वाडा नम्बर १४ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

“प्रथम वाडा स्तरीय फुटबल प्रतियोगिता २०८०” को लागि उद्दघाटन खेलको लागि तयार पारिएको रामजानकी खेल मैदानमा पहिलोपटक फुटबल धनगढीमाई १४ का टिमको समुहले खेल्ने मौका पाएर खेलसँगै मैदानको पनि उद्दघाटन भएको थियो ।

धनगढीमाई १४ का टिमलाई एतिहासिक जीतसम्म पुगाउँनका लागि वाडा अध्यक्ष अमित ठकुरीको अद्वितीय योगदान रहेको आम बुझाई रहेको छ ।

खेलाडीसँगै खेल अवधि भर मैदानमा उपस्थित रहेका वाडा अध्यक्ष अमित ठकुरीको तस्बिर अंकित व्यानर मैदानमा जीत अघि र जीत पछि प्रदर्शन खेलाडीहरुले गरेका थिए ।

स्थानिय युवाहरुको चाहाना बमोजिम फुटबल खेललाई उच्च प्राथमिकतामा राखेका वाडा अध्यक्ष अमित ठकुरीले स्थानिय खेलाडीहरुलाई उजागर गर्नका लागि खेलाडी प्रोत्साहित गर्ने हेतुले आवस्यक सहयोग नियमित रूपमा गर्दै आउनु भएको छ ।

धनगढीमाई ४ को रामजानकी खेल मैदानमा वडा स्तरीय गोल्ड कपको फाईनलमा पुग्न सफल धनगढीमाई १४ ले फाईनल खेल अन्तर्गत धनगढ़ीमाई १३ र १४ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।

विजय पछि वेस्ट किपर र म्यान अफ दि सिरिजको उपाधि समेत धनगढीमाई १४ ले हात पारेको छ ।

जितपछि मेडल र शिल्ड धनगढीमाईका उपमेयर संगिता कुमारी चौधरीले धनगढीमाई १४ लाई प्रदान गरेका थिए ।

वाडा अध्यक्ष अमित ठकुरीको एतिहासिक यात्रा अन्तर्गत फुटबल गेमले पहिलो पटक जीत हात पारेपछि उनको चर्चा यतिबेला व्यापक रूपमा अगाडि बढिरहेको छ ।

सरल , बौद्धिक र मिजासलु स्वाभावका वाडा अध्यक्ष अमित ठकुरीको दुरदर्शिताका कारण धनगढीमाई १४ मा विकाशका लहर र प्रगति आएको आम बुझाई रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *