गैरजिम्मेवारी अभिव्यक्ति प्रति ध्यानाकर्षण गर्दै पत्रकार सम्मेलन ।।।

0Shares

गैरजिम्मेवारी अभिव्यक्ति प्रति ध्यानाकर्षण गर्दै पत्रकार सम्मेलन ।।।
थाङ्मी चागु डट कम संवाददाता।
२०८० माघ ५ । समाजमा भ्रमको खेती गर्दै हिँडेका दुर्गा प्रसाईको गैरजिम्मेवारी अभिव्यक्तिप्रति उद्योग बाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रसाईले लाहान १ सिंग्राही स्थित पूर्व पश्चिम राजमार्गको उत्तर छेउमा रहेको बस पार्कमा बैंक वित्तीय कर्जा पीडित ब्यबसायी कल्याण संघ, संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा मेडिकल ब्यबसायी दुर्गा प्रसाईले नैतिक हिन रूपमा गाली गलौज तवरले अशब्दको प्रयोग गर्दै उद्योग बाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडालाई दुर्गा प्रसाईले ” यो लाहनको उद्योग बाणिज्य संघको अध्यक्षलाई घोप्टो पारेर लातीले अहिले हान्नुस् ,गएर कालो मोसो दल्नुस् ” भन्ने जस्ता अशब्दहरुको प्रयोग गरेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि लहानको व्यापारीहरु तातिएका छन ।

आज उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले प्रसाईलाई खुल्ला गुण्डाको संज्ञा दिनु भएको छ ।

दुर्गा प्रसाईले लहानमा आएर जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाका अध्यक्ष बिकास शारडालाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति जिल्ला उद्योग बाणिज्य संघको कार्यालय लहानमा आयोजित पत्रकार सम्मेलनमा
भनिएको छ ” लहानमा भएको कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लहान र संघका अध्यक्षलाई लक्षित गरी गैरजिम्मेवार अभिव्यक्ति सार्वजानिक भएको हुँदा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यो संगठन व्यापारीहरुको साझा संगठन रहेको सर्ववितिदै छ । त्यसैले यो संगठनको पहिलो प्राथमिकता व्यवसायीको हकहित संरक्षण नै रहेको छ । यस संगठनको अध्यक्षको हैसियतले म सदैव व्यवसायीको हित र संरक्षणप्रति प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छु । साथै मर्यादा विपरित अभिव्यक्ति न सच्याए यो संघर्ष समितिको सल्लाहकार पदवाट अलग हुने ‘जानकारी दिँदै उद्योग बाणिज्य संघ लाहान,सिरहाका अध्यक्ष विकास शारडाले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।

पत्रकार सम्मेलनमा वक्ताहरुले प्रसाईलाई खुल्ला चुनौती दिँदै गुण्डाको संज्ञा दिँदै लहानमा उनको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *