नवलपरासीमा प्रमूख जिल्ला अधिकारीको अनुगमन तिव्र ।।।

0Shares

नवलपरासीमा प्रमूख जिल्ला अधिकारीको अनुगमन तिव्र ।।।
थाङ्मीचागु डटकम संवाददाता
२०८० पुस २३ लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त तवरले अगाडि बढाउन यति बेला प्रमुख जिल्ला अधिकारीको सक्रियता बढेको अवस्था रहेको बुझिएको छ ।

आम जनताको पिर मर्कालाई मध्यनजर राख्दै कानुन बमोजिम आवस्यक प्रक्रियाका लागि नवलपरासीका प्रमूख जिल्ला अधिकारीले जिल्लाका विभिन्न प्रसासनीक निकायहरुको कामकाजको मूल्यांकन स्वरुप अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारीले जिल्लाको सीमावर्ती भन्सार नाका महेशपुरको निरीक्षण र अनुगमन गर्नु भएको छ ।

भर्खरै प्रमूख जिल्ला अधिकारी सुरेश पन्थी , प्रहरी उपरीक्षक सहितको टोलीले नवलपरासी स्थित महेशपुर भन्सार कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

प्रमूख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन तथा निरीक्षण पश्चात् महेशपुर भन्सार कार्यालयको कार्यसम्पादन र राजस्व संकलनको प्रगति सम्बन्धमा जानकारी लिनु भएको बुझिएको छ ।

अनुगमनका क्रममा कार्यालयको बार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्म न्यून प्रगति भएको बताउदै आगामी दिनमा राजस्व लक्ष्य बमोजिम प्रगति हासिल गर्न तथा सीमा क्षेत्रमा हुने राजस्व चुहावट, अवैध चोरी तस्करी पूर्ण रूपले नियन्त्रण गर्ने गरी अगाडी बढ्न मातहतका निकायलाई निर्देशन समेत दिनुभएको छ ।

अनुगमनको क्रममा भन्सार कार्यालय परिसरमा थन्किएर रहेको सवारी साधन लगायतको वस्तुको लिलामी प्रक्रियाका लागि आवस्यक निर्देसन जारी गरिएको जिल्ला प्रशासन कार्यालय पछिम नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *