जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधाज्ञा जारी , धरान सुनसान ।।।

0Shares

जिल्ला प्रशासन कार्यालय सुनसरीको निषेधाज्ञा जारी , धरान सुनसान ।।।

विनोद मण्डल, भदौ ९ । जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा डेङ्गु रोगको कारण धरान उप महानगरपालिका भित्र शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी जारी गरेको सुचनाले धरान सुनसान बनेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी शुक्रवार राति १२ बजेदेखि शनिवार राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश दिनुभएको थियो ।

सुनसरी जिल्लाको स्थानिय तहमा डेङ्गु रोग संक्रमण व्यापक रूपमा फैलिएर धेरै व्यक्तिहरू संक्रमित भै रोग फैलिने अवस्था रहेको बताउँदै स्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा जारी गरिएको बुझिएको छ ।

अर्कोतिर धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले प्रदर्शनको आह्वान गरेको अवस्थाको ख्याल गर्दै प्रदर्शन भड्किने सम्भावना समेत रहेको अवस्थामा धरानमा निषेधाज्ञासहित धरान प्रवेशमा कडाई गरिएको प्रशासनले जनाएको छ ।

धरानमा धार्मिक–साम्प्रदायिक सङ्कटको अवस्थासमेत देखिएकोले शान्ति सुरक्षालाई ख्याल गरेर निषेधाज्ञा जारी गरिएको बुझिएको हुनाले धरान सुनसान बनेको छ भने व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *