मलेसियाको शाहआलममा निजी विमान सडकमा ठाेकिँदा १० जनाको निधन।

0Shares

मलेसियाको शाहआलममा निजी विमान सडकमा ठाेकिँदा १० जनाको निधन।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गर राज्यस्थित शाह आलम भन्ने ठाउँमा हिजो बिहीवार निजी हवाई जहाँज ( विमान) सडकमा ठाेकिँदा दुर्घटनामा परि १० जना नागरिकको निधन भएको छ ।

विमान दुर्घटना हुँदा विमानमा सवार पाइलट र यात्रुसहित ८ जना र सडकमा मोटरसाइकल र कारमा सवार २ जना नागरिकको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताउनुभयो ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर जेटभलेट एसडिएन बिएचडी कम्पनीको विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ ।

प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह आलम नजिकै सुबाङजाया विमानस्थलतर्फ उडेको थियो। हवाई दुर्घटनाबारे ब्युरोले तत्काल अनुसन्धान शुरु गर्ने उहाँले बताउनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *