धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ ।

0Shares

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरका ६० वर्षीय राम नारायण साहलाई पक्राउ गरेको हो । 

सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पु¥याई उनीहरुसँग बार्गेनिङ गरी छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए । 

पक्राउ गरिएका साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *