नगरसभामा लम्सालद्वारा एमबुलेन्स उपहार ।

0Shares

नगरसभामा लम्सालद्वारा एमबुलेन्स उपहार ।

बिनोद मण्डल माघ १३ । सिरहाको धनगढीमाई नगरपालीकालाई उपहार स्वरुप एक एम्बुलेन्स नगरसभाको समयमा प्राप्त भएको छ ।

गत पुस २९ गते धनगढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमा आयोजित नवौं नगर सभामा धनगढीमाई वडा नं १३ का नवराज लम्सालले नगरभित्रका आकस्मिक सेवामा सहयोग पुग्ने हेतुले एक एमबुलेन्स हस्तान्तरण गर्नु भएको छ ।

लम्साल परिवारबाट नगरलाई प्राप्त म प्र ०१- ००१- ००४१ नम्बरको उक्त गाडी नगरका तर्फबाट नगर प्रमूख शिवशंकर महतो , उपप्रमुख संगिता चौधरी र प्रशासकिय अधिकृत गोपाल बगाले ज्यूले बुझेका थिए । नगरले वडा नं १३ लाई हस्तान्तरण गरेपछि बिरामीलाई मध्यनजर गर्दै माघ १२ गते उक्त गाडी संचालनमा ल्याइएको वडा अध्यक्ष सूर्यमान तामाङ्गले एक सूचना मार्फत जानकारी गराउन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *