दोषी दास गल्तीको ढाक छोपको लागि रूप परिवर्तन गर्दै। ।।।

0Shares

दोषी दास गल्तीको ढाक छोपको लागि रूप परिवर्तन गर्दै। ।।।

बिनोद मण्डल माघ १० धनगढीमाई सिराहा । “भीरबाट खस्ने गाईलाई राम राम भन्न सकिन्छ काध थाप्न सकिन्न ” सामाजिक सञ्जाललाई खेलासीकाे रूपमा लिएर मजाक उडाउँदै आएका भाईरल सुरेन्द्र दास कानुनी दायरामा आउन जरुरी छ ।

पत्रकारिता जगतलाई आँच पुगाउने हिसाबले रिचार्ज कार्ड मागेको टेलिफोन वार्ताको फोन कल बाहिरिएपछि चर्चाका पात्र बनेका दास घरी घरी बेमौसमी बाजाको तालमा नाचिरहेका छन ।

आफ्ना फेस बुक पेजबाट घरी आत्महत्या गर्छु भन्छन त कहिले उनले माफी माग्दै गरेको देखिन्छ । आफूलाई निर्दोष साबित गर्नका लागि उनले अनेकन रंग फेर्दै पृतान्क दैनिकका मार्फत सार्वजनिक रूपमा माफी माग्नु भन्दा पनि उनले हालसम्म सरोकारवाला निकायमा आफूलाई किन हाजिर गराउन चाहँदैन ?

दास आफूलाई लुकाएर अनेकन काचुली रंगहरु देखाइरहेका छन । यदि दास निर्दोष हो भने यतिका दिनसम्म किन उनी भूमिगत बन्दै सामाजिक सञ्जालको दुरुपोग गरिरहेका छन ?

दासको कर्तुत र ब्यबहारले उनी दोषी नै भएको स्पस्ट रुपमा सजिलै बुझ्न सकिन्छ । दोषी दासलाई पत्रकारिता जगत मात्र नभएर सामाजिक बहिष्कार गर्नै पर्ने अवस्थाको सिर्जना भएकोले लुकेर विभिन्न पोष्ट गर्दै आएका दास माथि कडा कानूनी प्रक्रिया अगाडी बढाउन तत्काल जरुरी देखिएको छ

उनले निकालेकाे प्रेस विज्ञप्तीले त उनलाई अपराधी हो भन्ने कुराको पुष्टि गरेको छ । दास अपराधी भएको हुनाले उनलाई माफि दिने संस्था पनि अपराधी हुने आम बुझाइ रहेको छ । उनलाई कुन हिसाबले कसरी माफी दिने होला ? आखिर किन दिनुपर्ने हो उनलाई माफी ?

गल्ति गर्नेले सजाई भोग्नु पर्ने भएकोले सामाजिक नियम अनुसार दास हर किसिमले दोषी प्रमाणित र सावित भएकोले पत्रकार महासंघ सिराहा शाखाले कडा कानूनी प्रक्रिया अगाडी बढाउन तत्काल जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *