शितलहर छल्न दाउरा वितरण गर्दै पालिका अध्यक्ष ।।।

0Shares

शितलहर छल्न दाउरा वितरण गर्दै पालिका अध्यक्ष ।।।

विनोद मण्डल पुस २४ । तराईमा चलिरहेको शीतलहरको कारणले आम जीवन कष्टकर बनिरहेको अवस्था रहेको देखिन्छ ।

मौसम विभागका अनुसार तराईका अधिकांश जिल्लाहरूमा तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको अवस्था रहेको पाइन्छ ।

तराईका जिल्लामा हुस्सु र कुहिरोसहित शीतलहर चलीरहेको छ । मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ।

शीतलहर चलिरहँदा तराईका आम विपन्न वर्गका मानिसहरूले आगो बालेर आफ्ना जीवन बचाइरहेका अवस्थामा सिरहाका नवराजपुर गाउँपालिका अध्यक्ष शिव कुमार यादवले उक्त भेकका जनतालाई जाडो छल्नका लागि टोल बस्तीमा पुगेर दाउरा वितरण गरिरहेका छन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको यस घडीमा अध्यक्ष यादवले जिल्ला बन कार्यालय लहानको रोहबरमा रहेको पूर्व पश्चिम राजमार्गको विस्तारको क्रममा कटान गरी ईलाका वन कार्यालय धनगढीको परिसरमा राखिएको दाउरा का लागि कानुनी प्रक्रिया मिलाई आफैं उपस्थित भएर आम जनताको जीवन बचाउनका लागि दाउरा आफ्ना पालिकामा लगेर टोलबस्तिका गरीब विपन्नको ज्यान बचआइरहेका छन ।

संक्षिप्त कुराकानीमा आफू जनताको सेवाको लागि निरन्तर जस्तोसुकै परिस्थितिमा खटिरहने वताएका छन भने यता आम स्थानियले शिबा जस्तो अध्यक्ष पाएर आफूहरुलाई शीतलहरबाट जोगिन ठूलो राहत प्राप्त भएको बताएका छन ।

मौषमी बदलावको कारण अचानक परिवर्तन आएपछि आम जीवन कष्टकर बनिरहेको अवस्थामा जिल्लाका विभिन्न संघ संस्थाहरु दर्शक झैं परिस्थितिलाई नियालिरहेका छन ।

अत्यन्त कष्टकर जीवन बन्दै गर्दा पनि सिरहामा रहेको संघ संस्थाहरु आम जनताको शीतलहर जस्तो समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *