प्यारा मुलबासी आदिवासी तथा धर्मनिरपेक्ष नेपालका सम्पूर्ण न्यायप्रेमी नेपाली जनता !!!

0Shares

प्यारा आदिवासी तथा
धर्मनिरपेक्ष नेपालका
सम्पूर्ण न्यायप्रेमी नेपाली जनता

(१) नेपाल धर्मनिरपेक्ष देश घोषणा भए पछि पनि आदिवासी मधेसी मुस्लिमका चाडपर्वहरूले नश्लवादी राज्यको निर्मम विभेदहरू सहनु परेका छन् !

(२) राज्यद्वारा गरिने यी विभेदहरू अन्त्य नभए सम्म हाम्रा चाड पर्वहरू जति आए पनि हाम्रा दिन कहिले शुभ हुने छैन !

(३) अत: अब हाम्रा महान राष्ट्रिय चाडहरू शुभकामना आदन प्रदान गर्ने अवसरको रूपमा मात्र मनाउने होईन ! विभेद रहित राज्य र समाज निर्माणको सन्देश फैलाउने ऐतिहासिक सांस्कृतिक क्रान्तिको रूपमा मनाउनु पर्छ !

(४) हामी नेपाली र नेपालका महान राष्ट्रिय चाडहरू …….
(क) तमुल्होसारको अशिमलाँ !
(ख) सोनाम ल्होछारको ज्याबडन्बा !
(ग) ग्याल्पो ल्होसारको टाशी देलेक !
(ख) य:मरी पुन्हीको जोजोलप्पा
(ग) चासोक तड०नमको सेवारो
(घ) माघ्या सकराटीको झोरले
(ङ) साकेलाको सेवा स्यामुना
(च) सियाँदर पिदारको नमसेवल
(छ) चसुवको सेवायो
(ज) भुम्याँ पूजाको सेवा
(झ) मैप्रु नकुमाको उई उई
सहित शुभकामना व्यक्त गर्दछु ।

(५) हिन्दुको चाड पर्वहरूमा तोप पडकाएर राष्ट्रिय पर्वको रूपमा हर्ष बढाई गर्ने नश्लवादी सरकार ! आदिवासी मधेसी चाड पर्वमा पटका समेत पडकाउन दिदैन !

(६) स्थानमा विभेद : हिन्दु धर्मको चाडपर्व दशैको पूलपाती र शिवरात्री बढाई सैनिक मञ्चमा मनाउने तर आदिवासी जनजाति, मधेशी, मुश्लीम, क्रिष्टियनको चाड पर्व चाहि फोहर मैला भएको टुडिखेल र पार्कमा मनाउनु परेको छ !

(७) राष्ट्रपति र प्रधानमन्त्रीबाट विभेद : हिन्दु धर्मको चाडपर्व दशै, शिवरात्री कृष्ण अष्टमीमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिवहरु सहभागि हुने तर आदिवासी जनजाति, मधेशी, मुश्लीम, क्रिष्टियनको चाड पर्वमा निमन्त्रणा दिदा फुर्सद छैन भनेर आउदैनन् !

(८) वत्तीमा विभेद : हिन्दु धमर्ःको चाडपर्व दशै, तिहार, शिवरात्री, कृष्ण अष्टमीममा नेपाल विद्युत प्राधिकरणले लोड सेडि हटाएर २४ घण्टा झिलीमिली वत्तिको व्यवस्था गर्ने तर तमु ल्होसार, उद्यौली, उभौली, साकेल, छठ जीतिय पर्व, ईद, क्रिष्टमस् जस्ता क्रिष्टीयन, वौद्ध,किराँती, मुश्लीम धर्मको चाड पर्व अन्धकारमा मनाउनु पर्छ !

(९) टेलिफोनमा विभेद : हिन्दु धर्मको चाडपर्व दशै र तिहारमा नेपाल टेलिकम र एन सेलले शुभकामना आदन प्रदान गर्न एस.एम.एस र कलमा सहुलियत दर लागु गर्ने तर आदिवासी जनजाति, मधेशी, मुश्लीम, क्रिष्टियन, किराँती र बौघ धर्मको चाड पर्वमा एक पैसा सहुलियत दिदैनन् !

(१०) शुभकामना सन्देशमा विभेद : हिन्दु धर्मको चाडपर्व दशै र तिहारमा सरकारी मन्त्रालय, विभाग तथा कार्यालयले टेलिभिजन, रेडियो र दैनिक पत्रिकमा राज्यको ढुकुटी करोडौ खर्चेर शुभकामना सन्देश दिने तर ल्होसार, उद्यौली, उभौली, साकेल, छठ जीतिय पर्व, ईद, क्रिष्टमस्मा सरकारी मन्त्रालय, विभाग तथा कार्यालयल शुभकामना सन्देश दिदैनन् !

(११) टेलिभिजन, रेडियो र दैनिक पत्रिकमा विभेद : हिन्दुधर्मको चाड पर्व दशै, तिहार, शिवरात्री, कृष्ण अष्टमीमा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एभिन्यूज टेलिभिजन, ईमेज टेलभिजन, एफ एम रेडियो प्रत्यक्ष प्रसारण गर्ने तर आदिवासी जनजाति, मधेशी, मुश्लीम, क्रिष्टियनको चाड पर्वमा प्रत्यक्ष प्रसारण नगर्ने र प्रत्यक्ष प्रसाराणको लागि पैसा तिर्नु पर्छ !

(१२) समचारमा विभेद : हिन्दु धर्मको चाडपर्व दशै र तिहारको समचारलाई प्रमुख समाचार बनाएर सम्प्रेशन गर्ने तर आदिवासी जनजाति, मधेशी, मुश्लीम, क्रिष्टियनको चाड पर्वबारे पठाएको समाचार समेत सम्प्रेषण नगर्ने र सम्प्रेषण गरे पनि समाचारको अन्तमा सम्प्रेषण गर्छन् ।

(१३) प्रहरी सेनाद्धारा विभेद : हिन्दु धर्मको चाडपर्व दशै र तिहारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तोप बन्दुक पढकाएर हर्ष बढाई गर्ने तर आदिवासी जनजाति, मधेशी, मुश्लीम, क्रिष्टियनको चाड पर्वमा सानो पटका पनि नपडकाउने । कागलाई वेल पाक्यो हर्ष न विस्मत उखानलाई नेपाली सेना र प्रहरीले चरित्रार्थ गरेकाछन् ।

यस प्रकारका साँस्कृतिक विभेदको अन्तको लागि तमुवान, तामसालिङ, शेर्पालुङ, थरुहट, लिम्वुवान, किराँत प्रदेश, मधेश प्रदेश, नेवा मण्डल, मगरात, खसान जस्तो पहिचान सहितको सङ्घीयता संविधानमा सुनिश्ति हुनै पर्छ ।

बुद्ध, किरातेश्वर, भैरव, सुमनिमा पारूहाङले हामी सबैको कल्याण र रक्षा गरून !

जय देश !
जय जनता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *