लोप हुदैछ प्राचीन ठान्टी ~ गोडाइचाको पाङ्कु दारे ढुंगेधारा ।

0Shares

लोप हुदैछ प्राचीन गोडाइचाको पाङ्कु दारे ढुंगेधारा ।

दोल्खा बिगु गाउँपलिका ८ थाङ्मीचागुको प्राचीन बस्तीमा रहेका ढुङ्गेधारा यहाँका विशिष्ट पहिचान भए पनि अधिकांश बेवारिसे र लोप भइसकेको  अवस्था  हो ।

प्राचीन खोपाचागु थाङ्मीचागुलाई पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुङ्गेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको थाङ्मीचागुको ठान्टी गोडाइचा टोलका ६९ वर्षीय भाजु गोडाइचा ठान्टी थाङ्मीले बताए ।

विसं १९७६ आसपासमा थाङ्मीचागु खोपाचागुको विभिन्न ९  स्थानमा राणाकालीन समयमा ढुङ्गेधारा निर्माण गरिएको उनले जानकारी दिए ।

थाङ्मीचागुको इतिहाससँग यहाँका पाङ्गकु दारे अर्थात  ढङ्गेधारा पनि प्रत्यक्ष जोडिने ठान्टी गोडाइचा टोलका ६९ वर्षीय भाजु थाङ्मीले बताए । “२०४० सालपछि भने यहाँका धेरै ढङ्गे धारा लोप भइसकेका छन्,” उनले भने, “आधुनिकता र विकासका नाममा प्राचीनतासँग जोडिएका वस्तुको पहिचान नै मेटिनु राम्रो होइन ।” 

तत्कालीन समयमा समाजसेवाका साथै विभिन्न सन्दर्भ एवं व्यक्तिको स्मृतिमा ढुङ्गेधारा, कुवा चौतारा तथा पोखरी बनाइदिने प्रचलन रहेको बुढापाका बताउँछन् र अझै छ पनि ।

ढुङ्गेधारा साथै थाङ्मीचागु खोपाचागुका धेरै पोखरी ऐतिहासिक ठाउँहरु  पूर्णरुपमा नै लोप भइसकेको अर्का स्थानीयवासी भिम बहादुर ठान्टी थाङ्मी बताउँछन् ।

प्राचीन इतिहाससँग जोडिएका धारा, पोखरी, चौताराजस्ता कुरालाई राज्यस्तरबाटै संरक्षणको पहल गर्नुपर्ने स्थानीयले बताए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *