राजनीतिक चर्चित व्यक्ति देवेन्द्रराज कँडेल चुनावी मैदानमा ।।

0Shares

राजनीतिक चर्चित व्यक्ति देवेन्द्रराज कँडेल चुनावी मैदानमा ।।

बिनोद मण्डल कार्तिक ८ । नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्रीसमेत भएका देवन्द्रराज कण्डेल यतिबेला चुनावी घर दैलो कार्यक्रममा ब्यस्त देखिनु भएको छ ।

सरकारले घोषणा गरेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि पछिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभाका लागि उम्मेदवारी दिएका कँडेल यतिबेला आफ्ना क्षेत्रका आम जनताको घरमा पुगेर घर दैलो कार्यक्रम गरिरहनु भएको छ ।

राजनीतिक चर्चित व्यक्तित्व भएका कंडेलले जीवनका धेरै आरोह अवरोह पार गर्दै लामो राजनीतिक इतिहास बोकेका भद्र र सालिन व्यक्तित्व मानिन्छन् ।

कँडेलको जन्म विक्रम सम्वत २०१३ शाल चैत्र १४ गते माता धनदेबी कँडेल र पिता पृथ्वी राज कडेलको कोखबाट भएको थियो । नेपालको राष्ट्रिय राजनीतिसँग समीप मानिने कडेलको पिता पृथ्वी राज कंडेल २०१५ सालमा नेपालको सांसद समेत हुनुभएको थियो त्यसैगरी उनका हजुरआमा राधादेवी कंडेल समेत सांसद हुनुभएको थियो ।

पाल्हिनन्दन रम्पूर्वा गाउँ घर भएका कडेलले विक्रमसंवत् २०३६ सालदेखि सक्रिय राजनीति गर्दै आइरहनु भएको छ । तत्कालीन अवस्थामा बडहरा दुबौलिया स्थानिय तहको दुईपटक अध्यक्ष भएर राजनीतिक अनुभव बटुलेका कडेलमाथि विक्रमसंवत् २०६० साल भदौ १२ गते शुक्रवार बेलुका सांघातिक हमला गर्दै उनको हत्या प्रयास भएको थियो ।
नेपालको पञ्चायती व्यवस्था विरुद्ध खुलेर बिरोध गर्दै आएका कडेलले बहुदलको खुलेर समर्थन गर्दै आएका कडेलले लोकतन्त्र बहालीमा समेत अहम भूमिका निभाएका थिए ।
राष्ट्रिय राजनीतिसँग समीप रहेका कडेलले तत्कालीन अवस्थामा उनी गृह मंत्री हुँदा माओवादीका शीर्ष नेताहरुको टाउकोको मूल्य तोकेर राष्ट्रिय रूपमै उनी चर्चामा आएका थिए ।

उनले आफ्ना दाजु भाउजुको नाममा नवलपरासीमा एक आँखा अस्पतालसमेत निर्माण गराएका छन् ।

यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस-माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधी सभामा कांग्रेसकै नेता कण्डेलको उम्मेदवारी छ भने प्रदेश(क)मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश(ख)मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ ।

कंडेल विक्रम सम्वत २०५६ र २०५८ मा २ पटक गृहराज्यमन्त्री बने भने उनी एकपटकनेपाली कंग्रेस पार्टीका जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी समालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *