सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न ।।।

0Shares

सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल कार्तिक ५ । नवलपरासी पक्षिम्ममा सडक दुर्घटना न्यूनीकरण चालक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

नवलपरासीका प्रमूख जिल्ला अधिकारी ज्यूको प्रमूख आथित्य तथा जि प्र का नवलपरासीका प्रहरी प्रमुखज्यूको उपस्थिमा कार्यक्रम गरिएको थियो ।

मिति २०७९।०७।०४ गते नवलपरासीको सुनवल न.पा.११ भुमही स्थित नेचर-रे पार्टी प्यालेसको सभा हलमा श्रम तथा यातायात व्यवस्था मन्त्रलाय बुटवलको आयोजना ,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय बुटवलको समन्वय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न प्रकारका सवारी चालकज्यूहरु लगायतका उपस्थितिमा सडकमा सवारी साधन चलाउँदा महत्वपूर्ण विषयप्रति ध्यान दिनुपर्ने कुराहरु प्रति वक्ताहरुले आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रममा चालकले ट्राफिक नियमको पालना गर्दा हुने फाइदा र चालकले सवारी साधन गुडाउँदा सिट बेल्टको प्रयोगप्रती सचेतना दिँदै पार्किंग गर्ने ठाउँहरूको पहिचान चालकले अनिवार्यरुपमा गर्नुपर्ने उक्त कार्यक्रममा बताइएको थियो । फलदायी रहेको उक्त कार्यक्रममा करिब ५८ जनाको उपसथितिमा चालक सचेतना अभिवृद्दी कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *