महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि

2Shares

महिलातर्फ फालेलुङ र पुरुषतर्फ फिदिमलाई उपाधि

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१३ मा स्थित पञ्चमि भञ्ज्याङ, जेफालेमा आयोजित नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

महिला र पुरुष फुटबल क्लवहरूबीच प्रतिस्पर्धा गराइएको खेलमा पुरुषतर्फ किरात राई यायोख्खा फिदिम–१२ र महिलातर्फ माउटेन युवा क्लव फालेलुङले उपाधि जितेका छन् ।

मंगलबार अवेर सम्पन्न पुरुषतर्फको खेलमा नेपाल मगर संघ फिदिम ६ लाई २–० गोल अन्तरले हराँउदै नांगिनले उपाधि चुमेको हो ।

विजयी बनेको नांगिनले उपाधिसहित नगद एक लाख २१ हजार प्राप्त गर्दा उपविजेता फिदिम–६ ले ट्रफिसहित नगद ६१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै, महिलातर्फको उपाधि विजेता माउण्टेन युवा क्लव फालेलुङले जितेको छ । फाइनलमा आयोजक टिमलाई १–० गोल अन्तरले हराएको थियो ।

उपाधि चुम्न सफल फालेलुङले उपाधिसहित नगद ३० हजार पाएको छ भने उपविजेता आयोजकले ट्रफिसहित नगद २१ हजारमा चित्त बुझाएको छ । दशमी मेला आयोजक समितिले आयोजना गरेको प्रतियोगिता असोज १९ गते सुरु भएको थियो ।

प्रतियोगिताका विजेता खेलाडी र टिमलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले प्रमुख अतिथिको रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *