समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

0Shares

असोज २ आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक  आज बस्ने भएको छ । 

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको बताए । बैठक  बिहान ११ बजे बस्नेछ । 

यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *