जनसचेतन साकोसले सुरु गरेको प्रविधिमैत्री सेवा प्रभावकारी वन्दै 

0Shares

जनसचेतन साकोसले सुरु गरेको प्रविधिमैत्री सेवा प्रभावकारी वन्दै 

दोलखाको वैतेश्वर गाउँपालिका काभ्रेमा रहेको जनसचेतन बचत तथा ऋण सहकारीले सुरु गरेको प्रविधिमैत्री सेवा लोकप्रियता हुदैँ गएको पाईएको छ । अहिले सहकारीमा प्रविधिको प्रयोगको कुराले निकै चर्चा पाउँने गरेको छ । सबैले आ आफ्नै तरिकाले व्याख्या विश्लेषण पनि गरिरहेको  अवस्थामा जनसचेतन  बचत तथा ऋण सहकारीले सुरु गरेको प्रविधिमैत्री सेवा लोकप्रियता हुदैँ गएको पाईएको हो । त्यसले सदस्यको सहकारी प्रतिको आकर्षण वढ्दो रुपमा रहेको सहकारीले जनाएको छ । सहकारीले प्रविधिमैत्री सेवा सुरु गरे सँगै घरबाटनै कारोरबार गर्न निकै सहर्ज भएको संस्थाका शेयर सदस्य नारायणप्रसाद दाहालले वताउनुभयो ।दाहालले भन्नु भयो सहकारीमा प्रविधिको प्रयोग अपरिहार्य रहेछ अब पनि प्रविधिको प्रयोग गर्न नसके बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने छ । दोलखाका धेरै सहकारले प्रविधिको प्रयोग गरेका छैनन् । केही सहकारीले मात्र प्रविधिको प्रयोग गरेको पाईएको छ भने धेरै सहकारी सञ्चालकहरु प्रविधिको प्रयोग गर्नुपर्ने रहेछ भन्न थालेका छन् । शेयर सदस्य शुभ्रदा खड्काले  विगत लामो समय देखी सहकारीले सुरु गरेको मोबाइल बैंकिङबाट कारोबार  गरि रहनु भएको छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गरेको छ । अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भएको खड्काको भनाई रहेको छ । खड्काले  मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका  काम  गरिरहनु भएको छ ।बैंक तथा वित्तीय संस्थाहरु प्रविधिमा प्रतिस्पर्धात्मक तवरले अगाडी बढिरहेको बेला सहकारी संस्थाहरुले पनि प्रविधिमैत्री सेवा सञ्चालन गरि रहेको सहकारी संस्था सुचना प्रविधि अधिकृत रमेश लामिछाने जानकारी दिनुभयो । उहाँँका अनुसार व्राउजरमा आधारित सफ्टवेयर प्रयोग गरिएको छ भने सहकारीका १६ वटानै सेवा केन्द्रमा प्रविधिमैत्री सेवा सञ्चालन गरिएको छ । सहकारीमा रहेका  ३६ हजार १ सय २१ जना शेयर सदस्य  मध्ये १ हजार ५ सय भन्दा वढि शेयर सदस्यहरुले मोबाइल बैंकिङ्गबाटनै कारोबार गरि रहनु भएको छ । सहकारीका सेवा केन्द्रहरुबाट विदेशबाट आएको पैसा समेत निकाल्न र  पठाउने  सक्ने व्यवस्था गरिएको छ भने सहकारीको आफनै सहकारी एप  समेत रहेको छ । सहकारीले कोर बैंकिङ्गको २०६८÷०७९ र अन्य प्रविधिको प्रयोग २०७० सालबाट सुरु गरेको सहकारी संस्थाले जनाएको छ ।दैनिक ५ जना देखी ७ज नाको मोबाइल बैंकिङ्गको सेवा लिनका लागि कार्यालयमा निवेदन पर्ने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *