मधेशका पोखरीहरू धमाधम भत्किंदै ।।।

0Shares

मधेशका पोखरीहरू धमाधम भत्किंदै ।।।

विनोद मण्डल आषाढ़ १८ । तराई मधेश प्रदेशका अधिकांश भागमा पोखरीलाई पवित्र जलाशयको रूपमा मानिन्छ । घरमा कुनै धार्मिक कार्य गर्दा पोखरीमा स्नान गरेर शुद्ध भई धार्मिक अनुष्ठान गर्ने चलन रहिआएको पाइन्छ ।

तराई मधेसको प्रमुख चाड पर्वको रूपमा परिचित छठ पर्वको अवसरमा जलाशय अति महत्वपूर्ण मानिन्छ ।

पोखरीहरूको सौन्दर्यकरण गर्न लागिपरेका स्थानिय निकायको चरम लापरवाहीका कारण मनसुन सुरु भएसँगै पोखरीमा स्नानको लागि बनाइएका वालहरु धमाधम भत्किंदै गरेको छ ।

पछिल्लो समय पोखरीको उपभोक्ता समिति छनौटमा आफन्तबाद ,कृपाबाद , पार्टीबाद हावी हुन थालेपछि कमसल कामलाई निरन्तरता दिएर बनाइएका पोखरीका वालहरू वर्षौ नबित्दै भत्किन थालेपछि स्थानियहरुलाई चिन्ता बढ्न थालेको देखिन्छ ।

सरकारी बजेटको चरम दुरुपयोग गरी बनाइएका सौन्दर्यकरनको नाममा भएको ब्रहृमलुटको खोजतलास गरी कानुनी दायरामा ल्याउनका निम्ति सबै तहबाट सहयोग हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *