मुलुकभर मौसम बद्ली भई विभिन्न भु–भागमा लगातार मध्यमदेखि भारी वर्षा भइरहेकोे छ ।

0Shares

दोलखा । मुलुकभर मौसम बद्ली भई विभिन्न भु–भागमा लगातार मध्यमदेखि भारी वर्षा भइरहेकोे छ ।

मनसुनी न्युन चापिय रेखा नेपालको दक्षिण भुभाग नजिक रहेकाले मुलुकका अधिकाशं स्थानमा भारी वर्षा भएको हो । शनिवारदेखि मनसुनी वायुको प्रभावका कारण मुलुकभर मौसम बदली भएर लगातार वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज पनि बिहान देखि मौसम बदली भएको छ । आज दिनभर प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज केही समय पानी परेर रोकिए पनि दिनभर घाम नलाग्ने र बदली भएको मौसममा पर्सिदेखि मात्रै सुधार हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो । वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

मुलुकभर मौसम बद्ली भई विभिन्न भु–भागमा लगातार मध्यमदेखि भारी वर्षा भइरहेकोे छ । मनसुनी न्युन चापिय रेखा नेपालको दक्षिण भुभाग नजिक रहेकाले मुलुकका अधिकाशं स्थानमा भारी वर्षा भएको हो ।आज दिनभर प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यो वर्ष मुलुकका जिल्लामध्ये दोलखा पहिरोको ठुलो जोखिममा रहने अनुमान गरेको छ । प्राधिकरणले दोलखामा पहिरोबाट सबै भन्दा धेरै १६ हजार ७ सय १९ जनसंख्या प्रभावित हुने अनुमान गरेकोे हो ।

मनसुन सुरु भएसँगै लगातारको वर्षाका कारण दोलखामा बाढी पहिरोको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यो वर्ष मुलुकका जिल्लामध्ये दोलखा पहिरोको ठुलो जोखिममा रहने अनुमान गरेको छ । प्राधिकरणले दोलखामा पहिरोबाट सबै भन्दा धेरै १६ हजार ७ सय १९ जनसंख्या प्रभावित हुने अनुमान गरेकोे हो ।
जिल्लाको कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ८ र ९ बाढी पहिरोको जोखिममा रहेको छ । त्यसमध्ये गाउँपालिकाको वडा नम्बर ५ लापिलाङ बाढी पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको बर्षाका कारण लापिलाङमा रहेको घट्टेखोलामा रानिवन पहिरोको जोखिम रहेकाले वडाका धेरै बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । अघिल्लो बर्ष लापिलाङ बन्देथली गाउँको भीरबाट ठूलो पहिरो खस्दा २६ घरपरिवार बिस्थापित भएका थिए ।  लापिलाङ पहिरो बागमति प्रदेशको मेलम्चीको बाढी पछिको सबैभन्दा ठूलो प्रकोप हो ।

हालसम्म जिल्लाको कुनै स्थानमा वर्षाका कारण अप्रिय घटना नभएपनि दिनहुँ हुने वर्षाले गर्दा बाढि र पहिरोको जोखिम भने बढ्दै गएको छ । वर्षाका कारण ग्रामिण सडक हिलाम्मे भएका छन् भने ठाउँ–ठाउँमा पहिरो खस्दा ग्रामिण क्षेत्र जाने सडकमा यातायातका साधन चल्न सक्ने अवस्था छैन । विशेष गरी उत्तरी क्षेत्रको विगु गाउँपालिका, शैलुङ, मेलुङ र तामाकोशी गाउँपालिकाका सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । जसका कारण यात्रुहरुले लामो पैदलयात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यस्तै तामाकोशी नदी किनारामा पानीको वहाव बढ्दा नजिकै बस्तीका मानिसहरु डरत्रास मै रात कटाउन बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *