बागमती प्रदेशमा सरकार र एमाले वीच जुट्यो सहमती, मन्त्रालयगत छलफल हुने कार्यसूचि

0Shares

हेटौंडा । बागमती प्रदेश सरकारमा सत्तारुढ दल र प्रदेशसभमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले वीच सहमति जुटेपछि प्रदेशसभाको बैठक सुचारु भएको छ ।

अवरुद्ध संसद सञ्चालनकालागि सभामुख सानुकुमार श्रेष्ठको पहलमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि आजवाट प्रदेशसभाको बैठक सुचारु भएको हो । दलहरुवीच सहमति जुटेपछि सरकारद्धारा प्रदेशसभामा प्रस्तुत विनियोजन विधेयक २०७९ पारित भएको छ । आगामी आर्थिक वर्षकालागि सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै नेकपा एमालेले प्रदेशसभाको हिजोको बैठक अवरुद्ध गरेको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्ष एमाले वीच भएको सहमति अनुसार आजको बैठकमा सरकारकोतर्फवाट सदनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेलले एमालेले उठाएका विषयमा जवाफ दिएका थिए । बैठकमा बोल्दै मन्त्री जम्मरकट्टेलले बजेट निर्माणको प्रक्रिया र त्यसका सिमाहरुका कारण सरकारकोतर्फवाट केही गल्ती, कमजोरी भएर केही योजना छुटेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो । उहाँले प्रतिपक्षसंग गरिएका राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

प्रदेशसभाको आजको बैठकमा सरकारले ल्याएको बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूचि रहेको छ । कार्यसूची अनुसार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था तथा गरिवी मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छि विकास मन्त्रालय खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय वारे आजको बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *