जिसस निर्वाचनका लागि दोलखामा १९ जनाको उम्मेदवारी दर्ता

0Shares

दोलखा । जिल्ला समन्वय समिति (जिसस) दोलखाको निर्वाचनका लागि प्रमुख सहितको पदमा १९ जनाले मनोनयन दर्ता गराएका छन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तोकिएको समयमा १९ जनाले मनोनयन दर्ता गराएका हुन् । जिससको प्रमुखमा २, उपप्रमुखमा ३, सदस्यमा ६, दलित वा अल्पसंख्यकमा २ तथा महिला सदस्यमा ६ जनाको उम्मेदवारी परेको हो । जिससको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र एमालेको तर्फबाट जिसस प्रमुखमा ऋषिकेश उप्रेतिले मनोनयन दर्ता गराएका छन् । यस्तै जिससको उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा, नेकपा एमालेको तर्फबाट गोमा केसी र स्वतन्त्र तर्फबाट नानीकाजी तमाङले उम्मेदवारी दिएका छन् । समितिको सदस्यमा नेपाली कांग्रेसको तर्फबाट अनिल कुमार तमाङ ,कृष्ण बहादुर श्रेष्ठ, टसि शेर्पाले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट झम्के बहादुर श्रेष्ठ, नरबहादुर कार्की र नवराज काकीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति (जिसस) दोलखाको निर्वाचनका लागि प्रमुख सहितको पदमा १९ जनाले मनोनयन दर्ता गराएका छन् ।आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तोकिएको समयमा १९ जनाले मनोनयन दर्ता गराएका हुन् । जिससको प्रमुखमा २, उपप्रमुखमा ३, सदस्यमा ६, दलित वा अल्पसंख्यकमा २ तथा महिला सदस्यमा ६ जनाको उम्मेदवारी परेको हो । जिससको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र एमालेको तर्फबाट जिसस प्रमुखमा ऋषिकेश उप्रेतिले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी दलित वा अल्पसंख्यकमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्फुन्जी शेर्पा र एमालेको तर्फबाट कमल लकांद्रिको उम्मेदवारी परेको छ । जिससको महिला सदस्यमा नेपाली कांग्रेसको तर्फबाट कल्पना थामी, चन्द्रकला ठकुरी र मेनुका चौंलागाईको उम्मेदवारी परेको छ भने नेकपा एमालेको तर्फबाट एकमाया भुजेल, कविता मुग्राती र देवि बसेलको उम्मेदवारी दर्ता भएको छ । आगामी असार १ गते हुने जिसस दोलखाको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो । जिससको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १८ जना मतदाताले मतदान गर्नेछन् । जिल्लामा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसका एक जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *