झ्याँकु घटनाः युवकको हत्या कि आत्महत्या.?

0Shares

दोलखा । दोलखाको झ्याँकुका एक युवक मृत फेला परेको घटनामा प्रहरी दोषिको पहिचान नजिक पुगेको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका २४ वर्षिय यानबहादुर बस्नेतको आत्महत्या नभई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको हो । घटनामा संलग्न भएको आरोपमा स्थानीय ७ जनालाई प्रहरीले पक्राउ गरी १५ दिनदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुको पहिचान खुलाइएको छैन । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले घटनामा संलग्न दोषि पहिचानको नजिक पुगेको बताउनुभयो । अनुसन्धानको अन्तिम चरणमा पुगेकाले केहीदिनमा घटनामा संलग्न दोषिहरु सार्वजनिक गरिने डिएसपी पौडेलले बताउनुभयो । दोलखा प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाको विषयमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

दोलखाको झ्याँकुका एक युवक मृत फेला परेको घटनामा प्रहरी दोषिको पहिचान नजिक पुगेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका २४ वर्षिय यानबहादुर बस्नेतको आत्महत्या नभई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको हो । घटनामा संलग्न भएको आरोपमा स्थानीय ७ जनालाई प्रहरीले पक्राउ गरी १५ दिनदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुको पहिचान खुलाइएको छैन ।

जेठ १० गते साँझ घरबाट निस्किएका बस्नेत जेठ ११ गते विहान झ्याँकुको सर्सेपु आधारभुत विद्यालय नजिकैको जंगलमा मृत फेला परेका थिए । उनको घाँटीमा डोरी लगाएको, डोरी ढुंगाले हानेर काटेको जस्तो देखिएको तथा डोरी घाँटीमा नकसिएको अवस्थामा शव फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा बस्नेतको अन्तै हत्या गरी झुण्डाएको हुनसक्ने आशंका गरिएको थियो । बस्नेतको हत्या आशंकामा अनुसन्धान गरिरहेको प्रहरी दोषि पहिचानको नजिक पुगेको छ । घटना लगत्तै प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरी दोषि पहिचानको नजिक पुगेको हो । घटनामा संलग्न भएकाहरुमाथि दोलखा प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । मृतक बस्नेत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा पालिकाको वडा नम्बर ३ झ्याँकुमा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार दिलबहादुर बस्नेतका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *