छोरीलाई बलात्कार गरेको आरोपमा अपराधी बुवा पक्राउ

0Shares


(लमजुङ) — आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एकजना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख निरिक्षक जगदिश रेग्मीका अनुसार किशोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो ।
आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको इन्पसेक्टर रेग्मीले बताए । उनका अनुसार पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरिएको र छोरीलाई आमाको जिम्मा लगाएर पठाइएको छ ।

प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनाव वरपर र चुनावपछि समेत गरी ती अधबैंसेले छोरीलाई ३ पटक करणी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा ती अधबैंसेले २ पटकसम्म करणी गरेको स्वीकार गरेका अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ । ‘हामीले अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौं । घटनाको प्रकृति हेर्दा जवर्जस्ती करणी भएको प्रमाण र आधारहरु देखिएका छन्,’ प्रहरीले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *