समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादी केन्द्रले जुनसुकै बाटो लिन सक्छ : नारायणकाजी श्रेष्ठ

0Shares

काठमाडौं । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पार्टीले दलाल पूँजीवादलाई भत्काउन शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आएको बताएका छन् ।

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुका बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले शान्तपूर्ण बाटो अवरुद्ध गरियो भने समाजवादी क्रान्ति सम्पन्न गर्न माओवादीले जुनसुकै बाटो लिन सक्ने चेतावनी दिए ।

कार्यक्रममा नेता श्रेष्ठले पार्टीको सैद्धान्तिक पाटोमा प्रकाश पार्दै पार्टीले अख्तियार गरेको शान्तिपूर्ण बाटोलाई लिएर भ्रम र अन्योल देखिएको बताए । उनले भने, ‘हामीले शान्तिपूर्ण बाटो भनेका छौं । अहिलेको शान्तिपूर्ण बाटोको मुख्य पक्ष शान्तिपूर्ण प्रतिस्पर्धा हो । तर, शान्तिपूर्ण प्रतिस्पर्धा भनेको शान्तिपूर्ण बाटोको सम्पूर्ण पक्ष होइन ।’

उनले शान्तिपूर्ण बाटोबाटै अगाडि बढ्दै गर्दा के स्पष्टता राख्नुपर्ने बताउँदै शान्तिपूर्ण जनआन्दोलन र शान्तिपूर्ण विद्रोह पनि हुन सक्ने बताए । संसदीय अभ्यासमा आएपछि अलिअलि विकृति त भइहाल्छ नि भन्ने मान्यता नराख्न उनले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *